जेसीजको सप्ताह कार्यक्रम किसानसंग असार १५ सम्पन्न

काठमाडौं, १६ असार । इमाडोल जेसीज २०२२ को योजनामा संचालित जेसीज सप्ताहको सातौ कार्यक्रम “किसान संग असार १५“ सम्पन्न भएको छ ।
बुधबार धान दिवसको अवसरकामा “किसान संग असार १५“सँगै जेसीज सप्ताह सम्पन्न भएको छ ।

 

इमाडोल जेसीजले महालक्ष्मी नगरपालिकाको टिकास्थली स्थित जीवन अवाले र शान्ति अवालेको एक रोपनी खेतमा धान दिनवसको अवसरमा धान रोपाइ गरेको हो ।
रोपाईमा सहभागि जेसीजका पदाधिकारीहरुले रोपाईसहित हिलोमा खेलेर रमाइलो गरेका थिए भने खाजाका रुपमा दहि चिउरा ग्रहण गरेका थिए ।


जेसीज सप्ताहका मुख्य संयोजक महासचिव महासचिव सुजन श्रेष्ठ रहेका थिए भने समापन कार्यक्रम अन्तर्गत “किसान संग असार १५“ कार्यक्रमको संयोजक सदस्य सृजना श्रेष्ठ गरेका हुन् ।
शाखाकी अध्यक्ष इच्छा गुरुङले सप्ताहको सुरुवातीदेखि समापन सम्म विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यत्ति, शाखाका पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्षहरु, निरुपित कार्यकारीणी, निरुपित उपाध्यक्ष, साथै सरोकार सहयोग सबैप्रति आभार व्यक्त गरिन् ।


रोपाईमा शाखाका पदाधिकारी, पूर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । साथै असार २ गतेबाट सुरु भएको जेसीज सप्ताह बुधबार समापन भएको जेसीजका महासचिव सुजन श्रेष्ठ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार