आइसिटीलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ –उपराष्ट्रपति

काठमाडौं, ४ असार ।  उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

आइसिटी फाउण्डेसन नेपालले शनिबार आयोजना गरेको ‘हुवावे डिजिटल नेपाल कम्क्लेभ इन एसोसिएसन वीथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल’ विषयक कार्यक्रममा उनले आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्धरुपमा कार्य अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले डिजिटल रुपान्तरण भनेको विकास र समृद्धिको पनि रुपान्तरण भएको उल्लेख गरे । उपराष्ट्रपति पुनले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेम वर्कको सपना पूरा गर्ने लक्ष्यअनुरुप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए ।

आइसिटीको विकाससँगै सम्भावना, चुनौती र व्यवस्थापनको पक्षमा व्यवस्थित ढङ्गले अगाडि बढ्नुपर्ने र त्यसका निम्ति आवश्यक पर्ने सामग्रीको आविष्कार र उत्पादन पनि नेपालमै गर्ने प्रयास गर्नुपर्ने उपराष्ट्रपति पुनको भनाई छ ।

उहाँले तत्कालका लागि विश्वमा विकसित भएका विज्ञान प्रविधिको उच्चतम प्रयोगबाट नै कार्य सम्पन्न गर्दै त्यसलाई नेपालका सबै शहर र गाउँसम्म पुर्याउन तीनै तहका सरकारको सक्रियता हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार