बालमैत्री कार्यक्रमले ठूलो परिवर्तन ल्याउनेछ–मेयर भरत शर्मा गैरे

  सुरेश छन्त्याल  90 पटक हेरिएको

गलकोट, ४ असार ।  “सुनौलो गलकोट बाल संजाल” भन्ने मुल नाराका साथ गलकोट नगरपालिका स्तरीय बालमैत्री कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकामा बाल संजालले बालबालिका हितमा ठूलो परिवर्तन ल्याउने उद्देश्य बालमैत्री कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा बालविवाह अन्त्य गर्ने, फोहोर व्यवस्थापन गर्ने, बैठकको समीक्षा, बाल भेला गरि विभिन्न विषयमा भागको प्रस्ताव, नगर स्तरीय भवन, तालिम, र कोष व्यवस्थापन गर्ने लगाएत विषयमा छलफल तथा प्रस्ताव गरिएको थियो ।


त्यस्तै बाल मैत्री बागलुङ जिल्ला अध्यक्षमा निर्वाचित रोशन परिवारलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेका गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट भित्र रहेको समाजमा बाल मैत्रीले ठुलो परिवर्तन ल्याउने संकेत रहेको भन्दै कोरोना तथा विविध कारणवस बालमैत्री सम्बन्धित कार्यक्रम रोकिएको र अब नियमित कार्यक्रमलाई अगाडि बढाएर लैजाने र पूरा नभएका सुचुकहरु पूरा गरि दिगो बालमैत्री घोषणा गर्ने र बाल अधिकार नागरिक अधिकार भित्र रहेको बताए ।

त्यस्तै गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्माले बालमैत्रीले नगरपालिकामा ठुलो उपलब्धि गरेको बताउदै विद्यार्थी जिवनदेखि धेरै कुराहरुको अनुभव रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम बालमैत्री नगरस्तरीय अध्यक्ष मदन परिवारको अध्यक्षतामा भएको कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्माको प्रमुख आथितियता गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्मा, गलकोट नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि.क, प्रत्येक वडाका बालमैत्रीका सहजकर्ता, प्रत्येक वडाका बालमैत्रीका अध्यक्ष, पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन नगर स्तरीय बालमैत्रीका सह सचिव प्रेम दर्जिले गरेका थिए । भने शनिबार प्रत्येक वडाका बालमैत्रीका सहजकर्ताहरुको नियमित भेला पनि सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार