अमेरिकाले एसपीपीको प्रस्ताव नगरेको –भीमसेनदास प्रधान

छिमेकी देशहरु भारत र चीनलाई विश्वासमा नलिइकन कुनै तेस्रो देशसँग यस प्रकारको सम्झौता गर्नुनहुने

काठमाडौं, २ असार । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आफु रक्षामन्त्री हुँदा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको बताए ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका सांसद प्रधानले सन् २०१७ मा आफु रक्षामन्त्री रहेको र आफ्नो कार्यकालमा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको स्पष्ट पारेका हुन् ।

उनले सन् २०१९ मा एमाले नेतृत्वको सरकारमा रक्षामन्त्री ईश्वर पोखरेल हुँदाखेरी सो विषयको छलफल अगाडी बढेको दाबी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणमार्फत एसपीपी सम्झौता नगर्ने प्रतिवद्धता गर्नु सकारात्मक भएको बताए ।

सांसद प्रधानले छिमेकी देशहरु भारत र चीनलाई विश्वासमा नलिइकन कुनै तेस्रो देशसँग यस प्रकारको सम्झौता गर्नुनहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार