जनक शिक्षा सामग्री केन्द्रको विकल्प खोज्नुपर्छ – नेकपा एमाले सांसद नविना लामा

काठमाडौं, २६ जेष्ठ । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीक्षेत्रलाई दिनु पर्ने गरेकी छिन् ।

बिहिबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताएकी हुन् । उनले कक्षा ६ र ८ को पुस्तकको अभाव भएको बताउदै पुस्तक किन अभाव भयो भनेर प्रश्न गरिन् उनले जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक समयमा पाउन नसकेकोमा गुनासो गरिन्।

प्रतिनिधि सभामा बोल्दै उहाँले यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्रीलाई खारेज गर्न सरकारलाई आग्रह गर्नु भयो। उहाँले जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीक्षेत्रलाई दिनुपर्ने समेत समेत बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार