आ.व. २०७९/८०मा अर्थमन्त्रीद्वारा युवा तथा खेलकुदको क्षेत्र छुटाएको बजेट

काठमाडौं, १५ जेष्ठ । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवाहरुलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरु सँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गरे । अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने पनि बताए ।

उनले ‘युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको बताए । देशको जनसांख्यिक लाभको रुपमा रहेका युवाहरुको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिनेछ समेत बताए । प्राविधिक तथा व्यवसायिक सिपसहितको कर्जा कार्यक्रमलाई निरन्तरता दिएको बताए । त्यसैगरी स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरु सँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिनेछ । म्यादी प्रहरीको रुपमा राष्ट्र सेवामा संलग्न युवाहरुलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गरिनेछ । उनीहरुको रुचिको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइनेछ ।

म्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने बताए । जुम्लाको कोप्लापाटन लगायत स्थानमा हाइ अल्टिच्युट स्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन जानकारी दिए । काठमाडौंको मुलपानी निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आ.व.भित्र सम्पन्न गरिने बताए । किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रीकालिन खेल खेल्न सकिनेगरी स्तरोन्नती गर्न आवश्यक रकम विनियोजन गरेको बताए । प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने बताए ।

नवौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको बताउदैदशौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार गरिने बताए । एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको बताए । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए । धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिने प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री शर्माले बताए । मन्त्री शर्माले खेल पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार