नेपालमा पनि माटो जोगाऔँ अभियानको व्यापक लहर

काठमाडौं, जेष्ठ ७ – ईशा फाउण्डेशनका संस्थापक सद्गुरु जग्गी वासुदेवद्वारा शुरु गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानको समर्थनमा काठमाडौँको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा आयोजना गरिएको साङ्गीतिक एवम् चेतनामूलक कार्यक्रममा ५०० भन्दा बढी ‘भू-मित्र’/ स्वयंसेवकहरूको उपस्थिती रहेको थियो । सो कार्यक्रममा आदेश पौडेल (नेपाल आइडल-४ का प्रतियोगी), अर्जुन कार्की, पेमा लामा र मनोज महर्जनले साङ्गीतिक प्रस्तुति दिएका थिए, साथै भू-मित्रहरूको समूहले सडक नाटक प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवस (जुन ५) लाई लक्षित गरी आयोजना गरिने अन्य कार्यक्रमहरूको घोषणा गरिएको थियो, जसअन्तर्गत माटो जोगाऔँ अभियानको समर्थनमा ‘साइकल सिटी नेटवर्क नेपाल’ ले जेष्ठ २१ (जुन ४) मा साइकल ऱ्याली गर्न गइरहेका छन् । सो ऱ्यालीमा सहभागी हुनको लागि तपाईं यहाँ नि:शुल्क रेजिष्टर गर्न सक्नुहुन्छ: bit.ly/bicycle4soil

माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । सर्वप्रथम, यो जन–अभियान हो । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६०% मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुन: जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ । मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसङ्घको सम्मेलन (UNCCD), संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रम (UNEP), विश्व खाद्य कार्यक्रम (WFP), अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN), राष्ट्रमण्डल (Common wealth Nations), मुस्लिम विश्व लिग (Muslim World League) जस्ता सङ्गठनहरू लगायत ७२ भन्दा बढी राष्ट्रहरूले यस अभियानलाई समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार