UNCCD को COP15 सम्मेलनमा सद्‌गुरुले १९५ राष्ट्रका राजनीतिक नेतृत्वकर्ताहरूलाई सम्बोधन गर्नुहुने

माटोलाई विनाश हुनबाट जोगाउनको निम्ति शुरु गरिएको विश्वव्यापी ‘माटो जोगाऔँ’ अभियानअन्तर्गत ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्राको क्रममा सद्‌गुरुले आइभोरी कोस्टमा आयोजना हुन गइरहेको यूएनसीसीडी को १५औँ सम्मलेन (UNCCD’s COP15) मा प्रमुख वक्ताको रूपमा १९५ राष्ट्रका नेतृत्वकर्ताहरूलाई सम्बोधन गर्नुहुने छ । उक्त सम्मलेनको मूल विषय रहेको छ — “भूमि, जीवन, उत्तराधिकार: अभावबाट समृद्धितर्फ ।”

सद्‌गुरुले मेइ ९ र १० मा बोल्नुहुने छ अनि राष्ट्रप्रमुखहरूलाई आफ्नो राष्ट्रको माटो जोगाउनको निम्ति नीतिगत सुधारहरू लागू गर्न अपिल गर्नुहुने छ । अहिले तीव्र गतिमा भूमि खराब हुँदै गएकोले विश्व्यापी रूपमा जमिन मरुभूमि बन्ने अनि माटो विनाश हुने जस्ता सङ्कटहरू निम्तिन सक्छन् । यो स्थितिलाई जतिसक्दो छिटो रोक्न र उल्टाउनको लागि कप १५ (COP15) ले सदस्य राष्ट्रहरूलाई तत्काल ठोस कार्य लिन आह्वान गर्ने अपेक्षा गरिएको छ ।

सद्‌गुरु, माटो जोगाऔँ अभियानअन्तर्गत यूरोप, मध्य एशिया र मध्य-पूर्वी राष्ट्रहरू हुँदै ३०,००० किलोमिटरको १०० दिवसीय एकल मोटरसाइकल यात्रामा हुनुहुन्छ । उहाँले विश्वभरिका नेतृत्वकर्ताहरू, वैज्ञानिकहरू, पर्यावरणसँग सम्बन्धित सङ्गठनहरू, माटोसँग सम्बन्धित विज्ञहरू र अन्य साझेदारहरूसँग भेट गरी माटोलाई विनाश हुनबाट जोगाउनको लागि तत्काल नीतिगत पहलहरूमा जोड दिन अपिल गरिरहनु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) ले सन् २०४५ सम्म मरुभूमिकरणले गर्दा खाद्यान्न उत्पादन ४०% ले घट्न सक्ने, जबकि विश्वको जनसङ्ख्या ९ अर्ब नाघ्ने चेतावनी दिएको छ । ‘यूएनसीसीडी ‘ले भनेअनुसार यदि अहिलेकै दरमा भूमि खराब भइरहने हो भने, अबको ३ दशकभन्दा पनि कम समयमा सन् २०५० सम्ममा यस धरतीको ९०% भाग मरुभूमि बन्न सक्छ ।

माटोको विनाशले थुप्रै भयानक असरहरू पार्नेछ, जस्तै कि विश्व स्तरमा भोजन र पानीको अभाव, पटक-पटक मौसम चरम रूपमा घट्न र बढ्न सक्ने, अनि जीविकाको लडाइँको लागि अकल्पनीय सामूहिक बसाइँ सराइले हुने क्रुर जनविद्रोह ।

२१ मार्चमा लण्डनबाट सद्गुरुले यात्रा शुरु गर्नुभए पछि, माटो जोगाऔँ अभियानले पूरै विश्वको ध्यान आकर्षित गरी समर्थनहरू प्राप्त गरिरहेको छ । विश्वभरिका नेतृत्वकर्ताहरू, वातावरणसँग सम्बन्धित अग्रणी संस्थाहरू, शीर्ष वैज्ञानिकहरू, माटोसँग सम्बन्धित विज्ञहरू अनि संयुक्त राष्ट्रसङ्घका थुप्रै निकायहरूले सो अभियानलाई समर्थन गरेका छन् । ७० वटा भन्दा बढी राष्ट्रका राजनीतिक पार्टीहरू र नेताहरूले आफ्नो राष्ट्रमा माटो जोगाउने सङ्कल्प लिएका छन् । केही राष्ट्रहरूले माटो जोगाऔँ अभियानसँग सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

#माटो_जोगाऔँ अभियानको मूलभूत उद्देश्य भनेको कृषियोग्य भूमिहरूमा कम्तीमा पनि ३-६% जैविक पदार्थ कायम राखी माटोलाई जीवित र उर्वर बनाउन राष्ट्रहरूलाई अपिल गर्नु हो । यसो हुने हो भने, विश्वभरि भोजन र पानी सुरक्षित रहनेछ, जलवायु परिवर्तनको प्रभावलाई कम हुनेछ अनि थप प्रजातिहरूको विनाशलाई रोकेर जैविक विविधता संरक्षण गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार