दिगो विकास लक्ष्यको स्थानीयकरण –कार्यवाहक नगरप्रमुख उमा

समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाइका अवसर

नेपालगन्ज ९ चैत । नेपालगन्ज उपमहानगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दिगो विकासको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीको टोली बनाएर प्राप्त तथ्याङ्कका आधारमा निचोड निकालेको कार्यवाहक नगरप्रमुख उमाथापा मगरले जानकारी दिए ।

उनले यसबाट आगामी पाँच वर्षका लागि राम्रो आधार तय भएको जनाउँदै दिगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएकाले कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको बताइन् । नेपालगञ्जमा जिआइजेड/सिडिएसजीको सहयोगमा दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास भइरहेको छ । अहिलेसम्म तथ्याङ्कको अभावमा अन्यौलताका बीचमा काम गर्नुपरेको अवस्थामा पनि नगरमा धेरै सुधार भएको कार्यवाहक नगरप्रमुख थापा मगरको भनाइ छ ।

उपमहानगरपालिकाले १७ सूचकमध्ये लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहर एवं मानववस्तीलाई समावेशी, सुरक्षित उत्थानशील र दिगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाइका अवसर प्रवद्र्धन गर्ने, स्थिर समावेशी र दिगो आर्थिक वृद्धि पूर्णता, उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने सूचकलाई प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन् २०२५ तथा सन २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धिका विषयमा प्रस्तुतीकरण भएको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी दिए । उनले दिगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ सहयोग रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार