संगठन बनाउँदै डिजिटल टिभि प्रदायक कम्पनि

ललितपुर नेपालमा टिजिटल टिभी सेवा दिइरहेका कम्पनीहरुले एकिकृत भएर अघि बढ्ने घोषणा गरेका छन् ।

 

नेपालमा डिजिटल माध्यमबाट टेलिभिजन सेवा दिइरहेका कम्पनीहरुले शुक्रबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल दर्ता गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । यद्यपी यसको कानूनी दर्ता प्रक्रिया भने सकिएको छैन । गएको हप्ता नेपालका विरुद्धमा गलत समाचार दिएको भन्दै भारतीय च्यालन बन्द गर्दा संगठित संस्था नहुँदा समस्या भएको भन्दै उनीहरुले अवदेखि एकिकृत भएर पैरवी गर्ने घोषणा समेत गरेका छन् ।

 

मल्टी सर्भिस अपरेटरहरुले नयाँ संस्थाको आवश्यकता महशुस भएकाले एशोसिएसन गर्न लागिएको दाबी गरेका छन् । केवल टिभी व्यवसाय फरक भएको तर डिजिटल सेवा दिनेहरु आफै पनि मल्टि सर्भिस प्रोभाइडर पनि भएकाले छुट्टै संस्थाको आवश्यकता भएको डिशहोमका प्रबन्ध निर्देशक एवं एसोसिएशनका अध्यक्ष सुदिप आचार्यले जानकारी दिए ।

उनका अनुसार संस्थामा डिसहोम, म्याक्स टिभी, भायोनेट टीभी, प्रभु टीभी, क्लियर टीभी, सुबिसु लगायतका संस्थाहरुमा रहेका छन् । आचार्यले डिजिटल अपरेटरहरुको हकहितको लागि संस्थाले काम गर्ने दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार