नाइस टेलिभिजन एचडि पाँचौ वर्षमा प्रवेश

२०७४ साल फागुन १ गते नाइस टेलिभिजन दोस्रो एचडी च्यानलको स्थापना

२०६२, ६३ को जनआन्दोलनले देशमा केही परिवर्तन ल्यायो । राज्यदेखि पछि परेका आवाजविहिनहरुको आवाजलाई केहीहदसम्म भएपनि समेट्ने प्रयास गरयो। नेपाली जनताले गरेको लामो समयको आन्दोलनपश्चात देशमा नयाँ संविधान पनि आयो तर निमुखा जनताको सपना भने आज पनि अधुरै छ ।

नेपाली जनताकै चाहना अनुसार देशमा लोकतान्त्रिक गणतन्त्र भित्रियो । त्यति मात्र नभई सम्पूर्ण नेपाली जनताको हकअधिकार समान होस् भन्ने उद्देश्यले केन्द्रीकृत राज्यसत्तालाई विकेन्द्रीत गर्दै नेपाली जनताकै चाहना अनुरुप देश संघीयतामा पनि गयो तर आज पनि ति दुरदराजमा रहेका राज्यदेखि पछि परेका सिमान्तकृत जनताहरुको आवाज जहाँको तही छ । जब ति निमुखा जनताहरुको आवाज राज्य समक्ष पुग्न सक्दैन भने कसरी देश र जनताको विकास हुन्छ ? कसरी नेपाली जनता सुखी र खुशी हुन्छन् ? यस्ता विविध पक्षहरुमा राज्यले समेट्न नसकिरहेको बेला ति आवाजविहिनहरुको अवाजलाई समेट्न र राज्यलाई सही दिशा निर्देश गर्नकोलागि २०७५साल फागुन १ गते नाइस टेलिभिजन दोस्रो एचडी च्यानलको रुपमा स्थापना भएको हो । यस टेलिभिजन स्याटलाइट द्वारा बिश्वभर हेर्न पनि सकिन्छ ।

 

हुन त विश्वमा टेलिजिभनको विकास भएको धेरै वर्ष पछि मात्र नेपालमा टेलिजिभनको सुरुवात भएको छ । नेपाल सरकारले पनि टेलिभिजन स्थापना गरेर काम नगरेको होइन तर पनि ति आवाज विहिनहरुको आवाज राज्य समझ पुग्न सकिरहेको छैन् । नेपालमा व्यवसायीक टेलिभिजनको विस्तार दिन प्रति दिन बढ्दै गईरहेको बेला आजकै दिन आमजनताको हकअधिकार र राष्ट्र निर्माणमा टेवा दिन हाम्रो टेलिभिजनको स्थापना भएको हो । विशेष गरी राज्यदेखि पछि परेका ति समुदाय, वर्ग क्षेत्रको प्रतिनिधित्वगर्दै संवाहकको भूमिका खेल्दै र राज्य जनतामुखी बनाउनको लागि नाइस टेलिभिजनको स्थापना हुनु परेको हो साथै आफ्नै देशलाई सही सूचना प्रदान गर्दै सवृद्धि नेपालको परिकल्पनालाई व्यवहारमा उर्तान र नेपालीहरुलाई सुखीखुशी बनाउन हाम्रो टेलिभिजनले मद्दत गर्ने छ भन्ने हामीले विश्वास राखेका छौं ।

 

आज नाइस टेलिभिजन चार वर्ष पारी गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। यहाँसम्म आई पुग्दा हाम्रो टेलिभिजनले विभिन्न चूनौति र समस्याको बाबजुत पनि नेपालको राष्ट्रिय टेलिभिजनको रुपमा स्थापित हुन सफल भएको छ । नाइस टेलिभिजनको स्थापना भए लगत्तै आम नेपाली जनताको भावनालाई सम्बोधन गर्दै उनीहरुको समस्यालाई समाधान गर्न सम्बन्धीत निकायसम्म पुगेर उनीहरुको समस्यालाई समाधान गर्ने कार्यमा हामीले केही हदसम्म भूमिका खेलेका छौं । नाइसको स्थापनालगत्तै देशमा विभिन्न खाले समस्याहरु आउँदै गर्दा पनि हाम्रो टेलिजिभनले कहिकतै विचलित नभई जनतालाई सही सूचनादिन सक्रिय भूमिका खेलेको यहाँहरुलाई अवगत नै होला । विभिन्न चूनौतिको बाबजुत हुदाहुँदा विश्वव्यापी फैलिरहेको कोविड १९ले पनिहाम्रो टेलिभिजनलाई अगाडि बढ्न निकै गाह्रो बनायो तर पनि देश र जनताको हितकोलागि र नागरीकलाई सहि सुचना दिनको लागि हाम्रो यात्रा निरन्तर अघि बढी रहयो । हामीले कोविडको बेला पनि आफ्ना ज्यानलाई जोखिममा राखेर जनताको सेवामा अघि नै बढी रहयौं र अहिले पनि निरन्तर जनताको सेवामा लागि परेका छौं ।

 

विकास निर्माणलाई टेवादिनको लागि र भष्ट्रचारमूक्त राष्ट्र बनाउनकोलागि हाम्रो टेलिजिभन बाट विभिन्न कार्यक्रम मार्फत तथा विशेष गरी समाचारलाई प्राथमिकता दिर्दै मुख्य समाचार, अपडेट न्यूज, टपटेन न्यूज तथा अन्य सूचना मार्फत पनि जनता लाई सूसुचित गर्दै राष्ट्रहितको लागि हामीले सहकार्य गर्दै गईरहेका छौं । त्यति मात्र नभई जनताका सबै पक्षलाई समेटनको लागि जनताको हकअधिकार तथा आवाज विहिनको आवाजलाई सम्बन्धीत निकायमा पुराउनको लागि हाम्रो टेलिभिजनले जनताको अधिकार कार्यक्रम मार्फत पनि पिडित पक्षका आवाजलाई समेट्दै सरोकारवाला व्यक्तिहरु माँझ छलफल मार्फत पनि काम गर्दै आएका छौं । चाहे कर्णाली प्रदेशका अति सिमान्तकृत वादी समुदायको समस्या किन नहोस् हामीले यस टेलिभिजनमार्फत उनीहरुको समस्यालाई उर्जागर गर्दै राज्यलाई खबरदारी गर्ने काम गरिरहेका छौं र सम्बन्धीत निकायलाई आफ्नो कामको जिम्मेवारी बोध गराईरहेका छौं । त्यसैगरी सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य, महिला तथा बालबालिका, वृद्धवृदा, युवा, अपाङ्ग, फरक क्षमता भएका व्यक्तिहरुको हकअधिकार, तथा भाषा, धर्म र पहिचानलाई स्थापित गर्नको लागि हामीले स्वास्थ्य सम्बन्धी कार्यक्रम नाइस हेल्थ, न्यायकालागि मेलमिलाप, नेपाल टक, नाइस टक, विजनेस टक, देशमा आज, हिड्दा हिड्दै, टि सिरिज टालेन्ट हन्ट रियालीटी शो हामीले सफलता पूर्वक सम्पन्न गरौं, कमेडी कुराकानी, शैक्षिक सन्र्दभ, जिन्दगी विशेष र सम्वाद मार्फत पनि जनताको हितकोलागि कार्य गर्दै अघि बढी रहेका छौं ।

 

त्यसैगरी विभिन्न समुदायका पहिचान र संस्कृतिलाई टिकाई राख्नकोलागि मनोरञ्जनात्मक कार्यक्रमहरुमा गामबेसिका भाका, सप्तरंङगी संगीत, ई क्याफे मार्फत पनि सेवा दिइरहेका छौं । अगामी दिनमा अझ यसलाई सशक्त बनाउदै लग्ने पहल गर्नेछौंं । त्यसैगरी समाजमा भएका विभिन्न मानिसहरुको क्षमता र योग्यतालाई प्रस्फुटन गर्नकोलागि नेवा आइडल कार्यक्रम गरिसकेका छौं भने अब छिटटै नै रियालीटी शो शिखर टिकटक स्टार कार्यक्रम गर्ने तयारीमा छौं । जुन कार्यक्रमबाट मानिस भित्र लुगेका प्रतिभा र क्षमता बाहिर प्रस्फुट हुनेछ ।

 

हाम्रो समाजमा आज पनि विभिन्न खाले हिंसाहरु घटिरहेका छन् । कानुनले सबै जातजातिलाई समान हक अधिकार प्रदान गरेको छ तर हाम्रो समाजमा आज पनि जातीय भेदभाव तथा महिला तथा बालबालिकामाथि हिंसा तथा वृद्धवृद्धा निमुखा जनतामाथि अन्याय अत्याचार भईरहेको छ । त्यस्ता हिंसालाई निर्मूण पार्नकोलागि समाजमा भई रहेका विभिन्नखाले विभेद तथा भेदभाव र कुरितीलाई हटाउनको लागि विभिन्न सन्देश मूलक धारावाहिक टेलिचलचित्र नरे, गंगा, सिउँदो लगायतका कार्यक्रम गर्दै आईरहेका छौं ।

 

त्यति मात्र होइन हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, र बहुजातीय पहिचानले भरिएको सुन्दर देश पनि हो । यहाँ सबै जातजातिहरुका आफ्नै भाषा, धर्म, सस्कृति कला परम्परा चाडपर्वहरु छन् जसलाई संरक्षण र संबद्र्धन गर्नकोलागि हाम्रो टेलिभिजन लागि परेको छ । ति समुदायको मातृभाषा र संस्कृतिलाई जेर्गना गर्नकोलागि आगामी दिनमा कार्यक्रम गर्ने योजना तय गरेका छौं र केही कार्यक्रम यहाँसम्म आईपुग्दा निरन्तर प्रसारण हुँदै आईरहेको यहाँहरुलाई अवगत गराउन चाहान्छौं । ताकि विविधता भित्र एकताको मालामा गाँसिएको राष्ट्र पहिचान नेपालमा मात्र होइन आन्तराष्ट्रिय स्तरमै पहिचान बन्न सकोस् भन्ने हाम्रो उद्देश्य पनि हो । हुन त यो कार्य भनेको राज्यको हो तर हामी राज्यको मुख ताक्नुको साटो राज्यसँग सहकार्य र सहयोग गर्दै नाइस टेलिभिजन हातेमालो गर्न चाहान्छौं ।

 

सामाजिक कार्य गर्दा चूनौति र समस्या नआउने होइन तर पनि हामी यहाँसम्म आईपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै तपाईहरुको माया, प्रेरणा हौसला र सहयोग सुझावले ठूलो काम गरेको अनुभूति गरेका छौं । तपाईहरुले हामीप्रति गर्नु भएको विश्वास र निकताका कारण आज हामी पाँचौ वर्षमा पुग्न सफल भएका छौं । नेपालको दोस्रो एचडी नाइस टेलिजिभनलाईं अगामी दिनमा अझ सशक्त र जनप्रेमी टेलिभिजन बनाउनको लागि तपाईहरुको सल्लाह सुझाव र साथ सहयोगको अपेक्षा राखेका छौं । किन कि यो नाइस टेलिभिजन तपाईहरुको आफ्नै टेलिभिजन हो । हामीलाई आशा र विश्वास छ आउँदा दिनहरुमा पनि तपाईहरुले हामीलाई यसरी नै माया साथ सहयोग गर्नु हुनेछ ।

 

केही वर्षयता विश्वब्यापी फैलिरहेको कोविड १९का कारण लाखौं लाख मानिसहरुको मृत्यू भईरहेको छ अहिले पनि हाम्रो समाज कोविड मूक्त हुन सकि रहेको छैन यस्तो जोखिमपूर्ण अवस्थामा हामीले आफू बाँचेर देश र जनताको हितकोलागि काम गर्नु पर्ने अवस्था छ । जनताहरुले सहज रुपमा काम गरेर गाँस बास र कपासको जोहो गर्न सकिरहेका छैनन तर पनि हामीले जनहितका लागि दिनु पर्ने सत्यतथ्य सूचनाका मार्फत जनताको हितमा काम गरीरहेका छौं । आवाजविहिनको आवाजलाई हामीले जति सक्दो हाम्रो टेलिभिजनको मार्फत राज्य समझ पुराउन भूमिका खेलिरहेका छौं । किन कि तपाईहरुको साथ सहयोग र विश्वासले हामीलाई टिकाई रहेको अनुभूति हामीले गरेका छौं ।

 

देश विदेशमा रहनु भएका हाम्रा शेयरधनिहरु, बिज्ञापनदाता, बिज्ञापन एजेन्सी, केबुल तथा डिटिएच प्रदायक कम्पनीहरु, कानुनविज्ञ सल्लाहकारहरु तथा शुभचिन्तकहरुको मायाले गर्दा हाम्रो यात्रा निरन्तर अघि बढीरहेको छ । साथै यो टेलिभिजनलाई यहाँसम्म टिकाई राख्न र जनतालाई सूचना दिन आफ्नो ज्यानलाई जोखिममा राख्दै अहोरात्र खटिरहनु भएका हाम्रा सम्पूर्ण देशैभर क्रियाशील पत्रकार सहकर्मीको योगदानलाई हामीले कदापि विर्सिनु हुँदैन् उहाँहरुको योगदान, कडा मेहनत र धैर्यताका बाबजुत आज हामी तपाईहरुको साथमा रहन सफल भएका छौं । जसले गर्दा आज नेपालको दोस्रो एचडि च्यानल भनेर तपाई हामीले गर्व गर्न पाएका छौं । हामीलाई आशाविश्वास छ परिस्थिति जस्तोसुकै भएपनि देश र जनताको हितकोलागि सत्यतथ्यमा रही  सधैं अघि बढी रहनेछौं र आवाज विहिनहरुको आवाजलाई समेट्नेछौं ।

अन्तीममा नाइस टेलिभिजनको पाँचौ स्थापना दिवसको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिर्दै आगामी दिनहरुमा पनि तपाईहरुको मायाममता साथ सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दछौं । तपाईहरुको साथ सहयोग माया ममता र सल्लाह सुझावले हामी हरदम अघि बढ्नेछौं । पुनः सहयोगकोलागि धन्यवाद दिन चाहान्छौं ।
नाइस टेलिभिजन एचडि तथा सम्पुर्ण परिवार ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार