म्युजिक भिडियोले बनायो विश्व रेकर्ड (भिडियो सहित)

  सन्तोष  305 पटक हेरिएको

सोलुखुम्बु, माघ १४ गते । सगरमाथाको फेदीमा छायाङ्कन भएको म्युजिक भिडियोले विश्व रेकर्ड कायम गरेको छ ।

पत्रकारिता र कलाकारितामा लागेका पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर हिमाल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गरेका हुन् ।

पाँच हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर छायाङ्कन गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएपछि यसअघि ‘हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड’ शीर्षकमा नेपाली युवाहरूकै नाममा रहेको रेकर्ड तोडिएको छ ।

‘सुन्दर हिमाल’ बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेख्नुभएको हो गीतमा डि.आर. अटुटको सङ्गीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे)ले साथ दिनुभएको छ । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बरसिंह राई र किबोर्ड टेक नाछिरिङको रहेको छ । रेकडिष्टको भूमिका शिखरजंग श्रेष्ठ (गजरकोटे)ले निर्वाह गर्नुभएको छ ।

म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे), मोडल तथा डान्सर सिर्जना किराँती, पत्रकार तथा गीतकार शिखरजंग श्रेष्ठ (गजरकोटे) र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गर्नुभएको छ ।

गङ्गाराम राईको छायाङ्कन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

कीर्तिमानी युवाहरू सोलुखुम्बुको सोताङका बुद्धिराज राई गीतकार तथा निर्देशक, सोताङकै टेक नाछिरिङ गायक तथा सङ्गीतकार, सोताङकै सिर्जना किराँती मोडल तथा डान्सर, स्याङ्जाली माया गुरुङ दोहोरी गायिका, तनहुँको घिरिङ गाउँपालिका १ गजरकोटका शिखरजंग श्रेष्ठ मूलतः पत्रकार तथा एक दशकदेखि रेडियो पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

म्युजिक भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार