काठमाडौं, ११ माघ । गायिका सुमन गुरुङको आवाजको नयाँ गीत को होला त्यो–२ (तिमि आउछौ कि भनि) ले दर्शकको राम्रो माया पाउन सफल भएको छ ।
चर्चित गायक तथा संगीतकार सुनिल गिरीको शब्द,संगीत र आवाजमा रहेको उक्त गीतलाई करिब ३ बर्षपछि फिमेल आवाजमा सार्बजनिक गरिएको यस गीतले समेत दर्शक रिझाउन सफल भएको हो।
पल शाह र क्रिष्टिना थापाको अभिनय रहेको उक्त गितलाई अनिल के मानन्धरले निर्दशन गरेका छन् । खासगरी आफ्नो भिडियो मार्फत विभिन्न रमणीय क्षेत्रलाइ देखाऊन रुचाउने गायक गिरीले यस गीतको भिडियो समेत खप्तडको विभिन्न ठाउँमा छायांकन गरेका छन् ।