रियाल बेटिसका प्रशिक्षक जोन फेरर बर्खास्त

काठमाडौँ । स्पेनको शीर्ष डिभिजन क्लब रियाल बेटिसले प्रशिक्षक जोन फेररलाई बर्खास्त गरेको छ ।

 

ला लिगा पुन सुरु भएको तीन खेल लगत्तै क्लबले मुख्य प्रशिक्षक फेररलाई बर्खास्त गरेको हो । गएको शनिवार भएको खेलमा क्लब एट्लेटिको बिल्बाओसँग पराजित भएसंगै क्लब तालिकाको १४औं स्थानमा थियो ।

 

क्लब रेलिगेशन जोन भन्दा स्पष्ट ८ अंकले माथि रहेको छ । लिगमा अझै ८ चरणका खेल हुन बाँकी छ । अबरुद्ध सिजन पुन सुरु भएपछि पहिलो खेलमा बेटिस क्लब सेभिल्लासँग २–० ले पराजित भएको थियो भने ग्रानाडासंग २–२ गोलको बराबरी खेलेको थियो । उनी कोरोना महामारीका कारण सिजन पुन सुरु हुने बित्तिकै बर्खास्तमा पर्ने पहिलो प्रशिक्षक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार