राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ – अध्यक्ष गुरुङ

काठमाडौं, ४ माघ । इमाडोल जेसीजका लागि २०२२ की नवनिर्वाचित अध्यक्ष इच्छा गुरुङले पदभार ग्रहण गरेकी छिन् ।

सोमवार सम्पन्न शाखाको ११ औँ पदहस्तान्तरण समारोहकाबिच २०२१ का अध्यक्ष सुदन थापाले आफ्नो गलामा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेसँगै औपचारिक रुपमा पदभार ग्रहण गरेकी हुन् ।

नवनिर्वाचित अध्यक्ष गुरुङले पदभार ग्रहण गर्दै राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । उनले आफ्नो कार्यकाल २०२२मा सम्पूर्ण युवाहरु तथा विशेष गरी इमाडोल जेसीस शाखाका युवाहरुलाई व्यक्तिगत विकास र क्षमता दक्षतासिपमा अग्रसर गराउँदै लग्ने बाचा गरेकी छिन् । उनले युवाहरुलाई हरेक क्षेत्रमा क्षमतावान बनाउन र राष्ट्रहितकालागि योग्य बनाउनकोलागि आफूले कार्ययोजना बनाई जेसीस नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताईन ।

यस अघि भएको साधारणसभाबाट अध्यक्ष गुरुङसहित कार्यकारीणी उपाध्यक्षमा सुमित्रा ढुङ्गाना, कृति भट्टराई, उपाध्यक्षहरुमा एलिना ढुङ्गाना, स्नेहा जर्घा कृपा तिवारी र सागर केसी निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले महासचिवमा सुजन श्रेष्ठ, कोषाध्यक्षमा सुजिना डङगोल र कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष सोनितराज ढुङ्गेललाई मनोनित गरेकी छिन् । मनोनित र निर्वाचित सबैलाई सामुहिक सपथग्रहण गराएकी हुन् ।

शाखाका २०२१ का अध्यक्ष सुदन थापाको सभापतित्व तथा चन्दननाथ नगरपालिकाका जुम्लाकी मेयर कान्ती जैशवालको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, राष्टिय उपाध्यक्षहरु जिवन कार्की, जीवन श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार