बालिकालाई जवर्जस्ती करणी गरी हत्या गर्ने अभियुक्त प्रक्राउ

  राहुल गुप्ता  88 पटक हेरिएको

 बारा, ३ माघ । आइतबार बाराको आदर्शकोतवाल गाउँपालिकामा बालिकालाई जवर्जस्ती करणी गरि हत्या गर्ने अभियुक्त पक्राउ परेको छ । गाउँपालिका वडा नं ८ को बिन्देश्वर साह कानुको २० वर्षिय छोरा संतोष साह कानुलाई पालिकाको वडा नं ७ बस्ने ९ वर्षिय रुपमाला कुमारी साहलाई करणी गरि हत्या गरेको अभियोग मा र ४० बर्षिय शान्ती देविलाई प्रहरीले प्रकाउ गरेको हो ।

दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ९ बर्षिया रुपमाला कुमारी साह हराई बेपत्ता भएकी र रुपमाला पुष २७ गते दिउँसो १२ः३० बजे जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो । घटना पश्चात बारा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।

मृतकको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेश थापा तथा अनुसन्धान अधिकृत समेतको टोली घटनास्थलमा गई अवलोकन गर्दा नाबालिकाको घाटी कसी टाउँको समेतमा प्रहार गरी मारी फालेको देखिएको थियो त्यस पश्चात् कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरिएको प्रहरीले जानकारी दिएको छ ।

घटना अनुसन्धानको लागि २ नं. प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरीनायव उपरिक्षक ज्ञान कुमार महतोको कमाण्डमा खटिएको टोली र बारा प्रहरी कार्यालयका समेतको प्रहरी टोली संयुक्त रूपमा सुक्ष्म अनुसन्धान गरेको थियो ।प्रहरीका अनुसार खाने पानी लिन जाँदा स्थानीयले लाश फेला परेको बताएका छन् ।

सोही दिन उक्त कुखुरा फारममा संतोष साह कानु बाहेक अन्य व्यक्ति नरहेको भनी बुझिन आए पश्चात कानुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मृतक पानी लिन आएको बखत घटना घटाएको भनी स्विकार गरेको छ उक्त अपराधमा प्रतिवादी शान्ति देवीले अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेको भन्दै प्रतिवादी संतोष साह कानु र शान्ति देवीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छ । प्रहरीले पक्राउ परेका पत दुईजना आमा छोरा हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार