निफ्राको सर्वाधिक शेयर खरिदबिक्री

काठमाडौं , २८ पुस । साताको चौथो कारोबार दिन बुधबार शेयरबजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।

यस दिन १२ बजेको अवधिमा कारोबारमा आएका २०७ कम्पनीमध्ये कम्पनीको सर्वाधिक शेयर खरिदबिक्री भएको हो । सो अवधिमा कम्पनीको करिब ९ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३७२ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार