लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २७ पुस । नेपाल प्रहरीले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश २–००३–००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित भारत विहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका महतोले झोलामा लागुऔषध लिएर काठमाडौँभित्र प्रवेश गर्दैै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए । प्रहरीले महतोसँग २०० एम्पुल नुर्फिन,  एम्पुल फेनार्गन र २०० एम्पुल डाइजेपाम बरामद गरेको हो । पक्राउ परेका महतोलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार