इमाडोल जेसीजको अध्यक्षमा इच्छा गुरुङ निर्वाचित

काठमाडौँ, २७ पुष। इमाडोल जेसीजका लागि २०२२ को अध्यक्षमा इच्छा गुरुङ निर्वाचित भएकी छिन्। शनिवार सम्पन्न शाखाको १० औँ बार्षिक साधारणसभाबाट गुरुङ सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा कृति भट्टराई, सुमित्रा ढुङ्गाना निर्वाचित भएका निर्वाचन आयुक्त सोनितराज ढुङ्गेलले बताए । यसैगरी, नवनिर्वाचित अध्यक्ष गुरुङले महासचिवमा सुजन माइकल श्रेष्ठ, कोषाध्यक्षम बिना दाहाल र कानुनी सल्लाहकारमा सोनितराज ढुङ्गेललाई मनोनित गरिएको छ ।

शाखाका अध्यक्ष सुदन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष साबित्री ढुङ्गाना समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सञ्जु कुइँकेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार