म्याराथनमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौं, २२ पुस । बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही पुस २६ हुने उक्त प्रतियोगितामा नेपालबाट पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्नेछन् । पुष्पा र किरणले भने गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

तीन खेलाडीसहित चार सदस्यीय नेपाली एथलेटिक्स टोली भोलि बङ्गलादेशको ढाका प्रस्थान गर्दैछ । टोलीका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, सचिव डा दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले आज सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार