५२ बर्षिया लिला बिष्टलाई बिहीबार बाघले आक्रमण गर्दा मृत्यु

बाघसंग शव छुटाउन २ राउण्ड गोली फायर

बाँके, २२ पुष । राप्ती सोनारी ४ पर्सोना गाउँकी ५२ बर्षिया लिला बिष्टलाई बिहीबार बाघले आक्रमण गर्दा
मृत्यु भएको छ ।

घास काट्न जंगल गएको बेला महिलालाई बाघले आक्रमण गरेपछि मृत्यु भएको हो ।

स्थानीय ३ जना महिलाहरुसंगै गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा विष्टलाई बाघले खाएको हो ।

इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौंको संख्यामा गएको स्थानीय बासिन्दाहरुले उक्त बृद्ध महिलाको रगत चुस्दै गरेको अवस्थामा फेला पारेका हुन् ।

बाघले मान्छेहरुलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले २ राउण्ड गोली फायर समेत गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेको आदेशमा प्रहरीले उक्त बृद्ध महिलाको शव छुटाउन २ राउण्ड गोली प्रहार गरेको थियो ।

इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले भने एक राउण्ड प्रहार गर्दा झम्टीन खोज्यो, दोस्रो राउण्ड गोली प्रहार गर्दा बाघ भागे पछि शव फेला पारियो ।

घटनास्थलमा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो । उनीहरु घटनास्थलमै पुगेको त्यहाँस्थित पत्रकार हेमन्त चौधरीले फेसबुक लायभमार्फत जानकारी दिएका थिए । पछिल्लो पटक उक्त जंगलमा हिड्ने यात्रुहरुलाई बाघले आक्रमण गरेको घटना बढ्दै गरेको छ । यसतर्फ राज्य संबेदनसील हुनुपर्ने स्थानीय जनताहरुको माग छ । तस्वीर हेमन्त चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार