दार्जीलिङ, १४ पुष । मास्टर मित्रसेन थापामगरको १सय २७ औं जन्म जयन्ती गोर्खा रंगमञ्ज भवनस्थित दार्जीलिङमा सम्पन्न भएको छ ।
मास्टर मित्रसेन थापा साहित्य कला संस्थानको आयोजनामा भानु भवन प्रेक्षा गृहमा मित्रसेनको जन्म जयन्ती मनाइएको हो ।
मास्टर मित्रसेनको सालिकमा खादा र मालार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि संगितकार तथा लेखक दलसिंह अकेलाले बहुप्रतिभाका धरोहर थापालाई राज्यले पहिचान गर्न नसक्नु दुखद पक्ष रहेको बताए । उनले भने राज्यको विभूतिहरुलाई राज्यले पहिचान गरी सम्मान गर्नुपर्छ ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि गीतकार पुरण गिरीले बहुआयामिक व्यक्तित्व मास्टर मित्रसेनको योगदानलाई सबै माँझ चिनाउनु पर्ने बताए ।
बाल कलाकारद्वय अदित्य गजमेर अनि रीयेश शर्माले मीठो भजन प्रस्तुत गरेका थिए भने रसग्य गुरुङले मित्रसेनका कविता वाचन गरेका थिए ।
गायक प्रबल थापा र मनिष रानाले अन्य सहयोगीहरूसित मित्रसेनका बहुचर्चित गीतहरू प्रस्तुत गरे भने विख्यात संगीतकार चन्दन लोमजेलद्वारा मास्टर मित्रसेनका शब्दहरूलाई संगीतबद्ध गरी गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नमिता राईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्षता वरिष्ठ साहित्यकार हरेन आलेले गरेका थिए ।
पवनमहिमा गुरुङले स्वागत स्वागत गरेका थिए अजय थापाले संस्थाको उद्देश्य र औचित्य माथि प्रकाश पारेका थिए ।