कस्तो छ, तपाईको आजको राशीफल ?

मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- मायाप्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिती मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो प्रगती हुने हुँदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा बिलाशी सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:-  उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धीत क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् ।

कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्यम रहेकोछ ।

सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:-  कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । बिहानको समय मध्यम रहेकोले व्यापारमा मन्दि आउनेछ ।

तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानी अपनाउनुहोला खराब व्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । अध्ययनको लागी बिहानको समय उत्तम रहेकोछ ।

धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्ने छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारीसाधन प्राप्तीको गतिलो योग रहेकोछ । भविस्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’ :- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पती तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ ।

कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:-  बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- बिहानको समय राम्रो रहेकोले एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार