गायक सुरेन्द्र राईको पहिलो म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं १२

 

यति बेलाबजारमागायक सुरेन्द्र राईको पहिलो म्यूजिक भिडियो सार्वजनिकभएको छ ।उनले गाएको गीत“तिम्रो छेऊ बस्दा खुशी लाग्छ सारा”भन्ने गीतको म्यूजिक भिडियोमाकलाकारहरुसिर्जनानिङ्गलेखु, मण्डल थेबे र स्यंमगायक राईलेखुलेरै अभिनय गरेका छन् ।

पछिल्लो समय सांगीतिक क्षेत्रमाउदाउदै गरेकाबहुप्रतिभावानगायक राई यति बेलागीतसंगीतमै व्यस्त छन् । गायक सुरेन्द्र राईको पहिलो गीतिएल्बम“एकान्तमा” ४ वटा गीतसमावेश छन् । त्यसैे मध्येको गीतहो “तिम्रो छेऊ बस्दा खुशी लाग्छ सारा”जुनगीतमाउनले पहिलो म्यूजिक भिडियो बनाए ।

लामो समयको पखाईपछि गायक राई पहिलो म्यूजिक भिडियो निकाल्न सफलभएको बताउँछन् । विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीको कारणले गर्दा म्युजिक भिडियो निकाल्न ढिला भएको उनको भनाई छ । लकडाउन खुकुलो हुना साथ सामाजिक दुरी कायम गरी यो भिडियोको छांयाकन गरेको गायक राईले बताए । उनले भने यो गीतको छाँयांकन नेपालमै गर्ने मन थियो तर समयले साथ नदिएपछि आफ्नैकर्म थलो युकेमागर्नु परयो अबअन्यगीतहरुको म्यूजिक भिडियोभनेआफ्नै देशमागर्नेछु ।

जन्मथलो नेपालभएपनिकर्म थलो युकेमा बस्दै आएकाउदयमानगायकसुरेन्द्र राईको गीतमाशीला राईले साथदिएकी छिन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतको बोलमाशब्द स्यंम राईकै छ भने संगीतभर्ने काम रुद्र श्रेष्ठले गरेका छन् । त्यसैगरी यो गीतको एरेन्जमामनोज मोथेले गरेकाहुन् । मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तानयीधिङ्गोले निर्देशन र सम्पादन गरेकाहुन् भनेयसको डिजाइन परोदुच्शन परशुराम राईले गरेको हो ।

गायक सुरेन्द्र राईलेभाबुकहुँदै भनेपहिलो एल्बम“एकान्तमा”गीतिएल्बमलाई म्यूजिक भिडियोसम्मल्याई पुराउनदिपेन गुरुङ, कैलाशखालिङ, कवनसिंह राई, नाईस टेलिजिभन परिवार, राजेन्द्र खड्का, पत्रकारद्वयदीपाआले, रुक्मणी पोख्रेल, रक्षक सामपाङ राईको ठूलो भूमिका छ । युकेको विभिन्न ठाउँमा छाँयांकन भएको यो म्यूजिक भिडियोतयार भएपछि एक साता अघि रामशोभा राईको युटुयुब च्यानलमार्फत दर्शकहरु माँझ सार्वजनिकभएको थियो ।

गायक राईले २०७५ सालको रेडियो नेपालको स्वर परिक्षणमा भागलिई आधुनिकगीततर्फको स्वर परिक्षण गरीपास समेत भएका छन् । उनले भने –“मेरो पहिलो म्यूजिक भिडियो दर्शकमाँझल्याएको छु, सबैले माया गरी दिनुहोलाताकीआउँदादिनहरुमाअझमलाई सांगीतिक क्षेत्रमाकामगर्ने हौसला र प्रेरणा बढोस् ।” आफूले पहिलो पटक निकालेको म्यूजिक भिडियो सार्वजनिक भएपछि अहिलेसम्म४१हजार भन्दा बढी दर्शकहरुले मन पराएर हेरिसकेकोमागायक सुरेन्द्र राईले बधाई समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार