आइटिएफ वल्र्ड टेनिस – नेपाली खेलाडी सेमिफाइनलमा

कास्की, १६ मङ्सिर । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी ‘आइटिएफ गल्र्सरब्वाइज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर’ अन्तर्गत आजको क्वाटरफाइनलको खेलमा ‘डबल्स’तर्फ नेपाली खेलाडीले सङ्घर्षपूर्ण जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपालका आरभविक्रम हाडा र आर्यन गिरीको जोडी र महिलातर्फ अभिलाषा विष्ट र सलोनी तामाङ तथा प्रतीक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाइमा सङ्घर्षपूर्ण जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

नेपाली जोडी आरभ र आर्यनले भारतीय जोडीले निखिल मित्तल र अनर्व यादवविरुद्धको खेलमा पहिलो सेट ४–६ अङ्कले गुमाए पनि दोस्रो सेटमा भने जीत निकाल्यो । उहाँहरु अन्तिम सेट सुपरटाइमा १०–५ अङ्कले जित्दै सेमिफाइनलको यात्रा तय गर्न सफल हुनुभयो । आरभ र आर्यनले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमिफाइनलमा भारतका कविर चावरिया र दक्ष प्रसादसँग प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फ अभिलाषा र सलोनीको जोडीले भारतीय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्तीसँग पहिलो सेट १–६ ले गुमाए पनि दोस्रो सेटमा ६–३ अङ्कको जीत निकाल्न सफल भयो । सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० खेल जित्दै सेमिफाइनलमा भारतीय खेलाडी दिभा भाटिया र मेहर मिश्रासँगको भेट पक्का ग¥यो ।

अर्को खेलमा रायना र प्रकृतिसमेत सुपरटाइमा खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । उनीहरुले भारतीय जोडी श्रीनिधि रेड्डी र तनुषसँगको खेलमा पहिलो सेट ७–६ ले जित्दै भारतीय खेलाडीलाई दबाबमा राखे पनि दोस्रो सेट १–६ ले गुमाउन पुगे। अन्तिम सेट सुपरटाइमा १०–७ ले जित्दै सेमिफाइनलको यात्रा तय गरे । उनीहरुले सेमिफाइनलमा नेपालकै इशा श्री शाह र सर्वाणी श्रेष्ठसँग खेल्ने छ ।

जिल्ला टेनिस सङ्घले टेनिसको नियमनकारी सर्वोच्च निकाय विश्व टेनिस महासङघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट खेलाडी बरियता तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार