नेकपा एमालेको अध्यक्षमा ओली निर्वाचित

काठमाडौं, १४ मंसिर। नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नो भोटमा ७५ मत खसेको छ ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार