यो साता यी राशि हुनेहरु हुँदैछन् मालामाल–मंसिर ५ गतेदेखि मंसिर ११ गतेसम्मको राशिफल हेर्नुहोस्

मेषः साताको प्रारम्भमा खुशीको खबर सुन्न पाइने छ । बिश्वासिला ब्यत्तिहरुबाट सहयोग हुन सक्नेछ । खानपानमा बिशेष सावधानी अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गो प्य ता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सँग सामान्य ति क्त ता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भावना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झ मे लामा फ सि न सक्ने सम्भावना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ ।

बृषः साताको प्रारम्भमा पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । दाम्पत्य जीवनमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ। ब्यापार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । नयाँ कार्यको थालनिको राम्रो समय रहेकोछ । शारीरिक आलस्यताले भने सताउन सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा समय मध्यम रहेकोछ । अध्ययन अध्यापनका क्षेत्रमा समय राम्रो रहको छैन । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्नेछन । गरीरहेको कार्यका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

मिथुनः साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कर्कटः अध्ययन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भावना रहनेछ । बौधिक व्यक्तित्वहरुको सामु आफुकमजोर भएको अनुभव रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभावको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भावना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ ।

सिंहः साताको प्रारम्भमा परीवारका सदस्यहरु सँग राम्रो सहयोग प्राप्त सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।

कन्याः साताको प्रारम्भमा पुराना मित्रजनहरु सगको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मु द्धा मामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

तुलाः साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिच सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरुबाट सहयोग हुन सक्नेछ ।

बृश्चिकः साताको पारम्भमा पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मगंलबार पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यापार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनुः साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा का ट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झ न्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकरः नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुरा का ट्नेहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कुम्भः साताको प्रारम्भमा मान्यजनहरुबाट ठूलो सहयोग हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच अवस्था सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ ।

मीनःसाताको प्रारम्भ नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार