हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं,  २ मंसिर । शेयरबजारमा फेरि एक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ८ लाख ७० हजार कित्ता आइपीओ बिक्री गर्न प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । यस नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको छ । सम्झौतामा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष वीर बहादुर घले तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं.४, स्याङ्गे नदीमा २।४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा पुगेको छ ।

यसले शेयर निष्काशन अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीसमेत गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष वीर बहादुर घलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार