भक्तजनद्वारा कालीगण्डकीमा स्नान

रामपुर (पाल्पा), २९ कात्तिक । हरिबोधनी एकादशी पर्वको अवसरमा आज भक्तजनले कालीगण्डकी नदीमा स्नान गरेका छन् । कालीगण्डकीको ज्याग्दीघाट, केलादीघाट, पुट्टारघाट, तातोपानीघाट, राम्दीघाट, हुँगीघाट, बालीघाटलगायत स्थानमा भक्तजनले स्नान गरेका हुन् ।

हरिबोधनी एकादशीमा कालीगण्डकीमा तामा, कुस, खरको तोरण तार्ने चलन छ । यी घाटहरुमा स्नान गर्न र मेला भर्नेको बिहानैदेखि बाक्लो उपस्थिती थियो । ज्याग्दीघाट, केलादीघाट र बालीघाटमा हरेक वर्ष एकादशीमा मेला लाग्छ एकादशीको दिन सखरखण्ड, पिँडालु, तरुल र सुन्तलाको अत्यधिक व्यापार हुने गर्छ ।

कालीगण्डकीको महत्वपूर्ण धार्मिक स्थल केलादीघाटमा टाढा टाढबाट आएर बास बसेरै स्नान गर्ने गर्छन् । यहाँ भेटिएका कमलप्रसाद अधिकारीका अनुसार एकादशीमा डोको, डालो, नाङ्लोलगायत सामग्रीको व्यापार हुने गर्छ । धार्मिक महत्वको कालीनदी र यसका महत्वपूर्ण घाटमा आज बिहानैदेखि स्नान गर्नेको र व्यापार गर्नेको भिड लागेको स्थानीय ओमप्रकाश रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार