नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक सम्पन्न

दाङ, २९ कार्तिक । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक राजधानी भालुवाङमा महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

दौस्रो बैठक विभिन्न विषयमा निर्णयका निर्णय गरेको छ । बैठकलेप्रदेशभित्रका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने,पत्रकार कल्याणकारी कोष स्थापना गर्ने,
शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने,अन्तर्राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा आयोजना गर्ने गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले ५ विभागहरु गठन गरेको छ जसमाअनुसासन विभाग संयोजक शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजक,चुमा आचार्य, संगठन विभाग संयोजक, विक्रम खड्का, समावेशी विभाग संयोजक, शिव सुनार, प्रकाशन विभाग संयोजक, केशरमान बुढाथोकी, रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने निर्णय गरेको हो । दोस्रो बैठकले प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरि पुनर्लेखन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार