महर्षि स्कुलका प्रिन्सिपल पौडेललाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं, २३ कार्तिक । काठमाडौंको सामाखुसीस्थित पवित्रनगरमा रहेको महर्षि स्कुलका प्रिन्सिपल निर्मल पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।

रक्षा इन्टरनेसनलले आयोजना गरेको दोश्रो संस्करणमा शिक्षा क्षेत्रमा अनवरत रूपमा लागिरहेका सामाजिक व्यक्तित्वको रूपमा पौडेल सम्मानित भएका हुन्।

नेपाल सरकारका रक्षामन्त्री माननीय मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको भव्य समारोहमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो। पौडेल लामो समय देखि सञ्चार क्षेत्रमा पनि आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार