प्याब्सन काठमाडौं महानगरको अधिवेसन असोज १६ गते, नाईस टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । प्याब्सन काठमाडौं महानगरको अधिवेसन असोज १६ गते हुने भएको छ। काठमाडौंको नयाँ बानेश्वरको थापागाउँ स्थित काठमाडौं ब्याङक्वेटमा सम्पन्न हुन गईरहेको उक्त कार्यक्रमको उद्घाटन सत्रलाई नाईस टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ । कार्यक्रम दिनको १ बजेदेखि सुरु हुनेछ । अघिल्लो हप्ता असोज ९ गते तय भएको अधिवेसनको मिति सरेर १६ गते पुगेको हो । कार्यक्रममा प्याब्सन केन्द्रका अध्यक्ष टिकाराम पुरीको प्रमुख आतिथ्यता रहनेछ । सोहीदिन करिव ३५० प्याब्सन सदस्य विद्यालयहरुले कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार