कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओलीलाई भेट्न बालकोट किन पुगे ? (प्रेस नोटसहित)

 

काठमाडौं – संसद् अधिवेशन चालु रहेकै बेला संसद्‌मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दलविरुद्ध लक्षित रहेको छ।

आज बिहान (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर भदौ २ गते बिहानै अध्यादेश ल्याउने काम नै प्रमुख प्रतिपक्षी दलविरुद्धको षडयन्त्र र संविधान विपरीत रहेको बताए।

ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार ओलीले हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्‌मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार