अन्नपूर्ण आधार शिविर जाने विभिन्न क्षेत्रका महिलाहरु आज पोखरा आई पुगे

शिविरमा पुगेर पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सन्देशमूलक कार्यक्रम गर्ने

पोखरा, ११ असोज । अन्नपूर्ण आधार शिविर जाने विभिन्न क्षेत्रका महिलाहरु आज पोखरा आई पुगेका छन् ।
स्वदेशी पर्यटन क्षेत्रलाई प्रर्वद्धन संरक्षण गर्ने उद्देश्यका साथ उनीहरु अन्नपूर्ण आधार शिविर जानकोलागि आज पोखरा आई पुगेको हो ।

साथसाथै संस्थाले स्वदेशी पर्यटन क्षेत्रलाई वृद्धिविकास गर्नकोलागि र आर्थिक रुपमा बलियो बनाउन यो कार्य थालनी गर्न लागेको हो ।

साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीका अनुसार सबै क्षेत्रका महिलाहरु यसरी मिलेर अन्नपूर्ण आधार शिविर जान पाउँदा आफूलाई निकै नै खुशी लागेको बताईन । उने भने – यो सुरुवात हो यसरी नै नेपालको पर्यटन क्षेत्रलाई वृद्धिविकास गर्न हामी सक्रिय भए लाग्नुपर्छ । कार्कीले पुनः भने –हामीले आफ्नै देशको पर्यटन क्षेत्रलाई माया गरौं भने आर्थिक उन्नतीका साथ नेपालमा पर्यटन क्षेत्रको भविष्य सुन्दर हुनेछ र यहाँका युवाहरुले रोजगार पाउनेछन् ।

अर्का कार्यक्रममा सहभागी नेपाल इन्भेस्टमेण्ट बैंकका कर्मचारी मार्तङगी मिश्रले भने हामी आफ्नै देशको पर्यटन क्षेत्रलाई चिनाउन यसरी यात्रा गर्दै छौं । आज हामीले सुरुवात गरेका छौं भोलि पक्कै पनि धेरै दिदी बहिनीहरु यसरी नै आफ्नो देशको पर्यटन क्षेत्रलाई वृद्धिविकास गर्न लाग्नु हुनेछ । मिश्रले भने पहिलो पटक अन्नपूर्ण आधार शिविरमा आफ्नै देशको पर्यटक भएर जान पाउँदा निकै नै हर्षित भएको छु ।

साथैसाथै संस्थाले पर्यटन क्षेत्रलाई विकास गर्न र प्रवद्र्धन गर्न सुरुवात गर्न आएका सबै महिलाहरु निकै नै खुशी भएका छन् । अधिकांशको भनाई अनुसार हामीले आफ्नो देशलाई विश्वमा चिनाउन पनि आफ्नै देशको पर्यटनक्षेत्रलाई उर्जागर गर्नुपर्ने उनीह्रुको भनाई रहेको छ ।
संस्थाको अन्नपूर्ण आधार शिविरको पहिलो चरणको यात्रा आजबाट सुरुवात भएको छ । भोलि मंगलबार विहानै पोखराबाट घान्दु्रक प्रस्थान गर्दै शिविरमा पुगेर पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नकालागि सन्देश मूलक कार्यक्रम गर्ने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार