प्रतिनिधि सभा बैठक असोज १४ गते सम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधि सभा बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको छ।

आज दिउँसो केहीबेर बेसेसँगै बैठक असोज १४ गते सम्मका लागि स्थगित गरिएको हो । सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो।

सभामुख सापकोटाले दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन्। सोमबारको बैठकमा एमालेका सांसदहरुले नयाँ कालो धनलाई वैधानिक बनाउन पाइँदैन भन्दै नारा लगाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार