राष्ट्रियसभाबाट आज बजेका दुई विधेयक पारित

काठमाडौं – राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ बहुमतले पारित भएको छ ।

आज बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । आज राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार