बुद्ध एयरको विमान सुरक्षित अवतरण

काठमाडौं – विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गराइएको छ।

आज विहान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतण भएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरको ७०१ विमानमा चालक दलका सदस्यसहित ७७ जना रहेका थिए। ४ जना चालक दलका सदस्य रहेको विमानमा ७३ यात्रु थिए जसमा २ बालबालिका र ३ शिशु रहेका थिए।

विराटनगरमा अवतरण गर्ने क्रममा ल्याण्डिङ गियरमा समस्या देखिएपछि विमान काठमाडौं फर्काइएको थियो। समस्या देखिएपछि काठमाडौंको आकाशमा आधा घण्टा होल्ड भएको बुद्ध एयरले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार