माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु ,के-के हुदै छन् निर्णय?

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।

माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए।यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार