राष्ट्रीय कृषक समूह महासंघ राधापुर सैनिक वडा समितिमा साउद अध्यक्षमा चयन

राज्यले कृषककालागि दिईने अनुदान नपाउँदा कृषकहरु मर्कामा

राधापुर सैनिक,९ असोज । बाँके खजुरा गाउँपालिका वडा नं. १ राधापुर सैनिकमा आज राष्ट्रीय कृषक समूह महासंघ वडा समिति गठन भएको छ ।
महासंघ गठन भए लगतै अध्यक्षमा कमान सिंह साउद चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा सीता शाही, सचिव, बिमल थापा, कोषाध्यक्ष अनु थापा, सहसचिवमा दल बहादुर राना चयन भएका हुन् ।

त्यसैगरी १३ सदस्यी कार्य समितिमा सदस्यहरु राम बहादुर शाही, दिल बहादुर गुरुङ्ग, पदम बहादुर राना, भिम बहादुर विक, सैसरा सुनार, सुमन गुरुङ्ग, मनकला थापा क्षेत्री चयन भएका हुन् ।

महासंघ गठन गर्नुको उद्देश्य कृषकहरुलाई कृषि क्षेत्रमा व्यवसायीक तथा आत्मनिर्भर बनाउनु र राज्यबाट प्राप्त सेवा सुविधान अनुदानलाई सहज ढंगले प्रयोग गर्नु हो ।

खजुरा गाउँ पालिका महासंघका प्रतिनिधि हस्तबहादुर शाहीले कार्यक्रममा बोल्दै आजको वैज्ञानिक युगमा आईसक्दा पनि कृषि क्षेत्र जहाँको तही भएकोमा गुनासो व्यक्त गरे । उनले भने नेपाल एउटा कृषि प्रधान राष्ट हो त्यसैले अब कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छ । जबसम्म नेपालमा बैज्ञानिक तथा व्यवहारीक ढंगले कृषि क्षेत्रमा क्रान्ति गरिदैन तबसम्म न त कृषकलाई लाभ हुनेछ न त कृषि क्षेत्र नै फस्टाउने छ । आम कृषकहरुको कृषि क्षेत्रमा भविष्य उज्जवल बनाउन पनि राज्यले कृषि क्षेत्रमा सही ढंगले लगानी लगाउनु पर्ने शाहीको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै कृषक समूह महासंघ बाँके जिल्ला सदस्य पदम मल्लले भने –राधापुर सैनिकलाई कृषि क्षेत्रमा मात्र होइन सामाजिक, आर्थिक, भौतिक, सांस्कृतिक लगायत हरेक क्षेत्रमा अबल बनाउन स्थानीय सरकारको भूमिका हुनुपर्छ । भारतको सिमा नजिक रहेको सैनिक राधापुर वडा नं. १ हरेक क्षेत्रले पिछडिएको छ, अब हामी चुप लागेर बस्ने छैनौं । हाम्रा हक अधिकारकालागि राज्य र स्थानीय तहलाई झकझाउनु पर्छ । उनले आज चयन भएका कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिए । यहाँ स्थित कृषि क्षेत्रमा क्रान्ति ल्याउन सक्रिय भएर लाग्नु पर्ने वडा समिति ध्यानाकर्षण समेत गराए ।

राधापुर महासंघका सदस्य सैसरा सुनारले भने कृषकका लागि आएका अनुदान यहाँका जनताले सहज तरिकाले प्राप्त गर्न सकेका छैनन् । सम्बन्धीत निकायले आफ्ना आसेपासेलाई बढि महत्व दिने भएको हुँदा श्रमजिवि किसानहरु राज्यको सेवा सुविधाबाट ओझेलमा परेको बताईन । साथै नयाँ कार्य समितिलाई शुभकामना दिर्दै राधापुर सैनिकका समाजसेवी मगनसिंह थापाले कृषि क्षेत्रलाई प्रबद्धन गर्न सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार