प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सर्यो

  निर्मल पौडेल  164 पटक हेरिएको

काठमाडौँ, ७ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सरेको छ । यसअघि असोज ९ गते हुने भनिएको अधिवेशन विशेष कारण एक हप्ता अर्थात् असोज १६ गतेलाई सरेको हो ।

काठमाडौँ महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रुपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन असोज १६ गते शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो ।

प्याब्सन प्रचारप्रसार प्रमुख एवम् महर्षि स्कूल सामाखुशीका प्राचार्य निर्मल पौडेलले दुई वर्षे कार्यकालका लागि आगामी असोज १६ गते दोस्रो अधिवेशन हुन लागेको जानकारी दिनुभयो ।

यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । दुई वर्षे कार्यकाल रहने उक्त अधिवेशनमा काठमाडौँ महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन काठमाडौँ महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

प्याब्सन काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका ३२ वडामा रहेका नीजि विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरको बारेमा छलफल चलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार