जानकी गाउँपालिकालाई बालविवाह मुक्त गर्ने घोषणा

बाँके जानकी, ३० भदौं । जानकी गाउँपालिका बाँके जिल्लामै पहिलो पटक बालविवाह मुक्त स्थानीय तह घोषणा हुने भएको छ ।

जति सक्दो गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक भूमिसरा धितालले जानकारी दिए ।

बालविवाहमुक्त गाउँपालिका घोषणा कार्यक्रमको लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक धितालको संयोजकत्वमा २१ सदस्यीय बालविवाह मुक्त पालिका घोषणा समिति गठन गरिएको छ। समितिमा सरोकारवाला संघसंस्था र व्यक्तिहरु सदस्य छन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार, गाउँपालिकाको वडा नं। १, २, ३,४ र ५ बालविवाह मुक्त घोषणा भइसकेका छन् भने आज वडा नं. ६ पनि बालविवाह मुक्त वडा घोषणा हुँदैछ । जिल्लामा बालविवाह मुक्त घोेषणाका लागि सहजीकरण गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार