विश्व मगर संघ बेल्जियमको अध्यक्षमा राना पुनः निर्वाचित

ब्रसेल्स, २३ भदौं । विश्व मगर संघ बेल्जियमको पाँचौं अधिवेशनबाट लोक राना अध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्ष निता बुदुज पुन, उपाध्यक्ष बल बहादुर पुन, उपाध्यक्ष कमला पुन, महासचिवमा खगेन्द्र पुन, सहसचिव शुशिला रोका, कोषध्यक्ष नर कुमारी पुन, सहकोषाध्यक्ष दिपक पुन, महिला संयोजकमा यमुना रोका मगर निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा श्याम बुढा मगर, रिया थापा, मनकुमारी राम्जाली, क्षेत्र थापा, मकर पुन चयन भएका हुन् । साथै आन्त्रोपेन संयोजकमा नैना पुन, गुन पुन, युवा संयोजकमा बसन्त राना, लुभेन संयोजक, ब्रुग्गे संयोजक, ब्रुसेल्स संयोजकहरु चयन भएका छन् ।

पाँचौं अधिवेशनका प्रमुख अतिथि अन्तरास्ट्रिय मगर महासंघका महासचिव बिरमान घर्ती मगरले मगरहरुको भाषा, धर्म, संस्कृति र पहिचानलाई जोगाउन सम्पूर्ण मगरहरु एकजुट हुनु पर्ने बताए । देशकै तेस्रो ठूलो जाती मगर भएपनि राज्यको हरेक तह र तप्का पुग्न नसकेकोमा दुःख लागेको बताउँदै अब पनि मगर समुदायहरु आफ्नो पहिचान र अस्तित्व जोगाउन ढिलाई गरे निकै पछाडि पर्ने बताए । उनले मगरहरुको पहिचान र अस्त्तिवलाई जर्गेना गर्नकोलागि अन्तरास्ट्रिय मगर महासंघ खोल्नु परेको ध्यानाकर्षण गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै महासंघका संरक्षक मार्केमगरले बेल्जीयममा रहेका मगरहरुको उत्थान र संरक्षणमा सबैको हातेमालो हुनु पर्ने धारणा राखे ।

साथै युरोप संयोजक नेत्रमगरले युरोप भरि रहेका मगर तथा गैर मगरहरुको हक हितकोलागि सबै एक जुट भई अघि बढ्नु पर्ने बताए । उनले भने यदि युरोपमा कुनै नेपालीहरु अफ्ठयारोमा परेका छन् भने पनि हामीले सक्ने सहयोग गर्ने छौं । कामको सिलसिलमा आफ्नो देश छाडेर विदेश आई कर्म गरेपनि आफ्नो जातीको भाषा, धर्म संस्कृतिलाई जोगाउन सधैं सक्रिय भएर लाग्नु पर्ने उल्लेख गरे ।

विभिन्न क्षेत्रीय संयोजक सहित पहिलो बैठकले बाँकी पदपुर्ति गर्ने र सल्लाहकारहरुको चयन गर्ने सहमति सहित २१ सदस्यीय कार्य समितिको चयन गरिएको छ भने अधिवेशनको हलबाट बिधान संशोधनका लागि नयाँ कार्यसमितिलाई जिम्मा समेत दिइएको छ ।

अधिवेशनबाट निर्बाचन आयोग संयोजकमा बिरमान घर्ति मगर, सदस्यहरुमा नेत्र मगर, लाल पाईजा, साईमन आले दिल आले निर्वाचित भएका छन् । हालै नवनिर्वाचित अध्यक्ष राना पाँचौ अधिवेशनमा पनि पुनःनिर्वाचित भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार