उज्जयालो प्रकाशका महानायक कुलमान घिसिङ ११ महिनापछि विद्युत प्राधिकरणमा

मन्त्रालयले घिसिङलाई आजै पदबहाली गर्ने

काठमाडौँ — भखरै मात्र नयाँ सरकारले उज्जयालो प्रकाशका महानायक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

घिसिङलाई नियुक्त गरिएको पत्र मंगलबार आइपुगेको र आजै बुधबार पत्र बुझेर पदबहाली गर्ने मन्त्रालयले जनाएको छ ।

कुलमान घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।

२०७३ भदौ २९ गतेको मन्त्रीपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको थियो जसले गर्दा  आम जनताबाट स्याबासी समेत पाएका थिए ।

यता प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ  ।

कुलमान घिसिङ नै कार्यकारी निर्देशकमा किन आवश्यक ?
कुलमान घिसिङदैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए ।

कुलमान कार्यकारी निर्देशकमा आउनु भन्दा पहिला आम जनताहरु लामो समय देखि लोडसेडिंगको समस्यामा बाँच्नु परेको थियो । जब उनी कार्यकारी निर्देशक भएर आए त्यसपनि आम नेपाली जनताले लोडसेडिंगबाट मुक्त पाए । त्यसपनि २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो ।

विद्युत चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।

घिसिङले विद्युत क्षेत्रमा उत्कृष्ट काम गरेको हुनाले उनलाई आज पनि जनताले रुचाएका व्यक्ति पनि हुन् । ओली सरकारका बेला पनि आम जनताहरुले घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउनुपर्छ भनेर निकै नै खबरदारी गरेका थिए तर उनी आउन सकेनन् ।

तर देउवा सरकारले आम जनताको भावनालाई सम्बोधन गर्दै पुनः कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । यति बेला उज्ज्यालो प्रकाशका महानायक घिसिङ प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएपछि आम जनताहरु हर्षित भएर दिपप्रजोलित गर्दै स्वागत समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार