• कर छुट गर्न व्यवसायीको माग

    मध्यपुरथिमि, ११ असार ।भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८÷७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो । उक्त अवसरमा...

  • मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने

    काठमाडाैं, ११ असार । मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिक...

  • साइकलबाट लडेर मृत्यु

    लन्डन, ११ असार । बेलायतको नटिङघ शहरमा बस्दै आएका एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ गल्कोट नगरपालिका बडागाउँ स्थायी घर हाल सो शहरमा बस्दै आउनुभएका ३४ वर्षीय बद्री चालिसे रहेका छन् । उनी भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकल पल्टिदा घाइते बन्नुभएको थियो । टाउकामा गम्भीर चो...

  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिन

    काठमाडौँ, ११ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज तेस्रो दिन पनि सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस ...

  • खोपको व्यवस्था गर्न व्यवसायीको माग

    दाङ, ११ असार । यहाँका कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् । उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) दाङ लाई खोपको ...

  • केन्द्रको सर्कुलरसँगै जिल्लामा बढ्यो चहलपहल

    महेन्द्रनगर, ११ असार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौं महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको कांग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनााउँदैछ । यहाँ प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तहमा नराम्ररी पराजय व्यहोरेको कांग्...

  • भारतमा कोरोनाका कारण थप ५१ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    नयाँ दिल्ली, ११ असार । भारतमा कोरोना भाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आज (शुक्रबार) बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६ सय ६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा बढी रहेको छ । त्यसैले सङ्क्रम...

  • इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं, ११ असार । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज ( शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य...

  • अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त सम्मेलन गरिने

    काठमाडौँ, ११ असार । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तीसौं वार्षिक सभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित गरेको छ । आयोगको आज (शुक्रबार) सम्पन्न भर्चु...

  • एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

    कञ्चनपुर, ११ असार । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२...