• दार्चुला तुइन घटनाः छानबिन समिति बैतडी प्रस्थान

    दार्चुला, २६ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्र्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समिति...

  • खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा

    कञ्चनपुर, ३१ जेठ । भीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसंगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् । चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसंगै बाँध बगाएको हो । खोलामा ढुङ्गा, बालुवा र ग्रेगरले भरिएर तटबन्ध भन्दा अग्लो भएपछि ...

  • प्रमुख प्रशासकीय अधिकृतको दैनिक १ सय ८० किमी यात्रा

    कैलाली । कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १ सय ८० किलोमिटरको यात्रा गर्नुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्नुहुन्छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घर...

  • एक हप्तामा ९ हजारलाई कोरोना विरुद्धको खोप

    कैलाली । सुदूरपश्चिम प्रदेशमा ९ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका ९ वटै जिल्लामा गरेर हालसम्म ९ हजार ७३ जनालाई खोप लगाइएको हो । माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनुभयो...

  • सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

    बझाङ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल...

  • माघीपर्वका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा शुभकामना

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश मार्फत माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको कामना व्यक्तगर्दै यस्तो बताउनु भ...

  • खैरो हिरोइनसहित ३ जना पक्राउ

    कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका ३ जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट १ र बेदकोट नगरपालिका–९ बाट २ जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो । बैतडी दशरथ नगरपा...

  • प्रम धनगढी जादै, बिहानै टायर बालेर विरोध

    धनगढी । प्रधानमन्त्री केपी ओलीको विरोधमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले धनगढीमा टायर बालेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले आज बिहान टायर बालेका हुन् । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर जान लाग्नु भएको छ । सूदुरपश्चिमका...

  • भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते

    डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी ५ वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । बिह...

  • भारतीय एसएसबीले हटायो अस्थायी पोष्ट

    कञ्चनपुर । नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो । बुधबार एसएसबीले दशगजा क्षेत्रमा ...