• अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत नागरिकको मृत्यु, दुई शहरमा रात्रीकालिन कर्फ्यू

    एजेन्सी, ३१ चैत । अमेरिकामा प्रहरीको गोली लागेर एक जना अश्वेत नागरिकको मृत्यु भएको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटको मृत्यृ भएको हो । मृत्युपछि बढेको तनावका कारण अमेरिकाका दुई शहर...

  • महाभारतमा ईन्द्र भगवानको भूमिका निभाएका अभिनेता कौलको कोरोनाले ज्यान लियो

    काठमाडौँ, ३१ चैत । भारतमा फैलिएको कोरोनाको दोस्रो लहरले भगवान ईन्द्रको समेत ज्यान लिएको छ । बीआर चोपडाकृत ‘महाभारत’ मा ईन्द्र देवताको भूमिकामा रही ईन्द्रलोकमा शासन गरिरहेका अभिनेता सतिश कौलको दोस्रो लहरले ज्यान लिएको हो । ७४ वर्षका कौल दोस्रो लहरको कोभिड–१९ द्वारा संक्रमित भई निरन्तर उपचारमा थिए । औषधिले सकारात्...

  • इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण

    तेहरान, ३० चैत । इरानको एउटा परमाणु केन्द्रमा आइतबार क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरिएको त्यहाँका एक उच्च अधिकारीले बताएको छ । इरान आणविक ऊर्जा संगठन (आइएइओ) का प्रमुख अली अक्बर सालेहीले सरकारी टेलिभिजनमा जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायलाई यस आणविक विरोधी आतङ्कवादसँग लड्न आग्रह गर्नुको साथै यस्तो न...

  • विदेशमा कोरोनाबाट ६६ हजार १९ जना नेपाली संक्रमित

    लण्डन, २९ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ द...

  • युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

    दुबई, २९ चैत । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गर्नु भएको हो । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भन...

  • सोमालियाको विस्फोटमा पाँचको मृत्यु

    मोगादिशु, २९ चैत । अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो । यद्यपी, विस्फोटबाट उन...

  • भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

    नयाँ दिल्ली, २९ चैत । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८ सय ७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप...

  • म्यान्मारमा सेनाको वर्वरता, ८० जना प्रदर्शनकारीको हत्या

    म्यान्मार, २९ चैत । म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले लिएर ग...

  • म्यानमारमा सैन्य कदमको विरोधः मृतकको संख्या ५ सय ५७ पुग्यो, २ हजार ७ सय ५० भन्दा बढी मानिसहरु पक्राउ

    एजेन्सी, २२ चैत । म्यानमारको आन्दोलनमा मारिनेको संख्या ५ सय ५७ पुगेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार म्यानमारमा सैन्य कदमको विरोधमा भइरहेको आन्दोलनमा मारिनेको संख्या ५ सय ५७ पुगेको हो । समाचारमा जनाइए अनुसार मृत्यु हुनेमा ४६ जना बालबालिका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले कू गरेसँगै प्रजातन्त्...

  • विदेशमा थप ४ जना नेपाली कोरोना संक्रमणबाट मृत्यु

    लण्डन, २२ चैत । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४ जनाको निधन मृत्यु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाल...